इलामको सुर्योदय नगरपालिकामा रहेका किसानहरुको चिया उत्पादनको मुल्यमा ठूलो शोषण भएपछि नेकपा इलामले किसानको पक्षमा विज्ञेप्ती सार्वजानिक गर्दै सो शोषणप्रति खेद र निन्दा प्रकट गरेको छ ।

किसानहरुको चियाको मूल्य यतिबेला रु २० बनाइएको छ । यसले किसानहरु धेरै ठूलो मारमा परेका छन् । नगरपालिकाले कार्यबिधी नै बनाएर उत्पादित चिया बाहिर बेच्न नपाउने भनेर त्यहीका बिचौलिया व्यापारीहरुलाई पोस्ने नीति बनाएपछि यतिबेला बिचौलियाले मनपरी दाम तोकेका छन्। कार्यबिधिमा न्युनतम मूल्य रु ४० भनेर भनिएपनि अहिले त्यो नभएको स्थानीय किसानले बताएका छन् ।

कार्यबिधी जारी गर्ने नगरपालिका किसानलाई यस्तो समस्या परेको बेला मौन छ । किसानहरु भन्छन् ,नगरपालिकाले बिचौलियाको हितमा नै काम गर्यो । यस्तै हुने हो भने चिया नष्ट गर्नुको विकल्प नरहेको किसान बताउछन् । उत्पादित चिया बाहिर बेच्न पाउनु पर्ने, कार्यबिधी मिच्नेहरुलाइ कामकारबाही गर्नु पर्ने, कार्यबिधी अनुसारकै भएपनि मूल्य प्रदान गर्नु पर्ने लगायतमा माग किसानका रहेका छन् ।

यसैबीच आज नेकपा इलामका सेक्रेटरी मौसमले विज्ञेप्ती जारी गर्दै किसानहरुको माग पूरा नगरे प्रतिरोध संघर्षको चेतावनी दिएका छन् ।

प्रेस विज्ञेप्ती –

इलाम जिल्लामा चिया उत्पादन हुने मुख्य क्षेत्र सुर्योदय नगरपालिका हो । त्यंहास्थित चिया किसानको उत्पादनको मूल्यमाथि भइरहेको चरम शोषणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सुर्योदय नगरपालिकाले चिया कार्यबिधी(०७५ू जारी गरी किसानले स्वतन्त्र रुपमा चिया बाहिर बेच्न नपाउने, चियाको मूल्य प्रति केजी रु ४० अनिवार्य दिनेजस्ता बजार एकाधिकार र सिण्डिकेट लाद्न पुग्यो ।

यसको मारमा किसानहरु त छंदै थिए, यतिबेला त्यहाँका बिचौलिया ब्यापारीहरु कार्यबिधीलाई समेत धोती लगाएर किसानको चिया प्रति केजी रु २० तोक्दै किसानमाथि घोर अन्याय गरिरहेका छन् । श्रम, पसिनाले जीविकोपार्जन गर्ने किसानहरुमाथिको यसप्रकारको रवैया खेदजनक र निन्दनीय रहेको छ । अत: किसानलाई सिजन अनुसारको दाम दिन, कार्यविधिले तोके अनुसारको दामप्रति केजी रु ४० लाई अनिबार्य गर्न, एकाधिकार बजारको अन्त्यगरी स्वतन्त्र प्रतिस्पर्धामा चिया बाहिर बेच्न पाउने किसानको माग पूरा गर्न संबंधित सुर्योदय नगरपालिका र सरोकारवाला सबैलाई अनुरोध गर्दछौं ।

बिचौलिया व्यापारी पोस्ने र उनिहरुको सुरक्षा मात्र गरेर किसानमाथि गरिने अन्याय तुरुन्त नसच्याएर जारी राखे किसानहरुले प्रतिरोध संघर्ष गर्ने विषय यसै विज्ञेप्तीमार्फत जानकारी गरांउदछौ ।

सेक्रेटरी

मौसम

०७५-०४-३२

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार