
अफगानिस्तानका राष्ट्रपति असरफ गनीले देश छाडेर भाग्दा चारवटा कार र हेलिकप्टरभरि पैसा राखेर निस्किएको रुसले पर्दाफास गरिदिएको छ। गनीले आइतबार साँझ राष्ट्रपति कार्यालय छाडेका थिए।
समाचार संस्था आरआईएलाई उदृत गर्दै द इन्डियन एक्सप्रेसले गनीले पैसा नअटेपछि केही छाडेको पनि उल्लेख गरेको छ।
विभिन्न देशले काबुलस्थित कुटनीतिक नियोगहरु खाली गरिरहेका बेला रुसले भने कार्यालय नछाड्न सम्बन्धित दुतावासलाई निर्देशन दिएको छ। रुसले तालिबानसँग सहकार्य गर्ने बताउँदै उनीहरुले गर्ने व्यवहारका आधारमा शासकमा रुपमा मान्यता दिने/नदिनेबारे निर्णय गर्ने जनाएको छ।
काबुलस्थित रुसी दुतावासकी प्रवक्ता निकिता इसचेन्कोले गनी राष्ट्रपति कार्यालयबाट निस्कँदा चारवटा कार पैसाले भरेको र अरु पैसा हेलिकप्टरमा पनि राखेको बताएकी छिन्। उनले प्रत्यक्षदर्शीलाई उदृत गर्दै उक्त दावी गरेको रोयटर्सले जनाएको छ।







