
नेकपा एमाले विभाजनको तयारीमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमलो (समाजवादी) राख्ने निर्णय गरेको छ ।
यसअघि चुनाव चिह्न सूर्यमा दाबी गर्दै आएको भए पनि निर्वाचन आयोगले मान्यता नदिने निष्कर्ष निकाल्दै चिह्न खुला किताब राख्ने निर्णय भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार दल दर्ताको निवेदन दिएर नेताहरु आजै निर्वाचन आयोग जाने तयारी छ ।







