नेकपाका महासचिव विप्लवले सहिद रामवृक्ष यादव नेपाली कम्युनिस्ट आन्दोलनका आदर्श व्यक्ति भएको भन्दै उनको सपना आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको बाटोबाट पूरा गर्ने बताएका छन् ।

महासचिव विप्लवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै  शिक्षा र जनचेतना प्रवाहमा लामो समय शिक्षण पेसामा समेत संलग्न रहँदै समाजमा विद्यमान सबै किसिमका उत्पीडन र दमनविरुद्ध निरन्तर सङ्घर्षका क्रममा आम श्रमिक जनसमुदाय माँझ उहाँ ‘मास्टरसाब’ को नाममा परिचित र लोकप्रिय रहेको भन्दै पार्टीका तर्फबाट सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा  यादव ‘सादा जीवन र उच्च विचार’ को जीवन्त नमुना, आफ्नो सम्पूर्ण परिवारलाई पार्टी, क्रान्ति र बलिदानको लागि अभिप्रेरित गर्नु हुने मास्टर साब सिङ्गो नेपाली समाज, कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीका लागि उर्जाशिल प्रेरणाका स्रोत रहेको बताएका छन् । साथै यादव लगायत महान् सहिदहरूले देख्नु भएको सपना नेपालबाट सामन्ती तथा दलाल पुँजीवादी सत्ताको अन्त्य, नेपाली श्रमिक जनताको मुक्ति, राष्ट्रिय स्वाधीनताको स्थापना, नयाँ जनवाद–वैज्ञानिक समाजवादको स्थापना अझैँ अधुरै रहेको भन्दै उक्त लक्ष्य पूरा गर्न आफ्नो पार्टी निरन्तर सङ्घर्षमा डटिरहेको बताएका छन् ।

विज्ञप्तिको पूर्ण पाठ :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार