
२८ महिना लामो जेल जीवन बिताएर नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत बम ‘रणवीर रिहा भएका छन् ।
नेता रणवीरलाई एक लाख धरौतीमा उच्च अदालत नेपालगन्जले रिहा गर्न आदेश दिएको हो ।
रिहाईको माग गर्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतमा एक महिनाभित्र फैसला गर्न परमादेश जारी गरेको थियो ।
नेकपामाथिको प्रतिबन्धकै अवस्थामा रणवीरलाई गिरफ्तार गरेर प्रहरीले हात हतियार, रान्ज्यद्रोहको मुद्धा लगाएको थियो । उनलाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारामा राखिएको थियो ।
जेल र हिरासतमा रहेका नेकपाका बन्दी नेता तथा कार्यकर्ताहरू सरकारसँग भएको तीन बुँदे सहमतिबाट भन्दा पनि कानुनी प्रक्रियाबाट रिहा भएका छन् । सरकारले तीन बुँदे सहमति अक्षरसः कार्यान्वयन गरेको छैन ।
नेकपाका नेता सङ्गम लगायत अन्य सयौं बन्दीहरू अझै पनि जेल र हिरासतको जीवन बिताइरहेका छन् ।







