नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।  चौथाइवाले सोमबार ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए ।

भेटका क्रममा  चौथाइवालेले भाजपाले नेपालका राजनीतिक दलहरूसँग सुमधुर सम्बन्ध बनाउन चाहेको बताएका थिए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्य नै राजनीतिक दलहरूसँग सम्बन्ध सुमधुर बनाउनु रहेको कुरा राखेका बालकोट स्रोतले जनाएको छ ।

त्यसको जवाफमा एमाले अध्यक्ष अ‍ोलीले आफूले सरकारको नेतृत्व गरेको बेला भारत सरकार र सो सरकारलाई समर्थन गरेको दल भाजपाको राम्रो सहयोग रहेको उल्लेख गर्दै त्यसका लागि आफूले धन्यवाद दिन चाहेको धारणा राखेका थिए ।

आफूले भाजपा र एमालेबीच राम्रो सम्बन्ध कायम रहोस् भनि चाहेको धारणा पनि राखेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार