
FILE – In this Aug. 19, 2021, file photo, Taliban fighters patrol in Kabul, Afghanistan. In the U.S. departure from Afghanistan, China has seen the realization of long-held hopes for a reduction of the influence of a geopolitical rival in what it considers its backyard. Yet, it is also deeply concerned that the very withdrawal could bring instability to that backyard – Central Asia – and possibly even spill over the border into China itself in its heavily Muslim northwestern region of Xinjiang. (AP Photo/Rahmat Gul, File)
अफगानिस्तानमा विद्रोही तालिबानविरुद्धको बिगुल फुकिएको छ । तालिबानको कब्जाबाट बचेको पंजशीर घाटीमा भीषण लडाइँ भएको छ । जसमा ५० बढी तालिबान लडाकुको मृत्यु भएको छ ।
कम्तीमा २० जनालाई बन्धक बनाइएको छ । यो भीषण लडाइँमा तालिबानका क्षेत्रीय कमान्डर पनि मारिएको दाबी गरिएको छ । त्यस्तै पंजशीर समर्थक एक लडाकुको पनि ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।
तालिबान लडाकुले यो घटनापछि पंजशीरलाई माफी नदिने पनि बताएका छन् । पंजशीर घाटीमात्र त्यस्तो क्षेत्र हो जहाँ अझै तालिबानले नियन्त्रणमा लिन सकेको छैन ।
त्यहाँ विद्रोहको अगुवाई गरिरहेका अहमद मसूद लडाइँका लागि तयार रहेका छन् । नर्दन अलायन्सको नेतृत्व गरिरहेका मसूदले युद्धको तयारी रहेको बताउँदै यदि निकासका लागि वार्ता हुन्छ भने त्यसका लागि पनि तयार रहेको बताएका छन् ।
त्यहाँ तालिबानसँग टक्कर लिन ९ हजारको फौज तयार रहेको मसूदले बताएका छन् ।
तालिबानले भने पंजशीरलाई तीनतिरबाट घेरा हालिएको भन्दै उक्त क्षेत्र आफूहरुको नियन्त्रणमा रहेको दाबी गरेको छ । विभिन्न सूत्रको प्रयोग गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरुले पंजशीरमा तीन सय तालिबान लडाकु मारिएको दाबीसमेत गरेका छन् ।







