वाइसिएल नेपालले खर्चिलो प्रविधिबाट राष्ट्रिय सम्मेलन गर्न गइरहेको छ ।

कोरोना संक्रमणको जोखिम भएकाले जिल्ला प्रशासनले भौतिक उपस्थितमा भेला वा सभा सम्मेलन गर्न रोक लगाएकाले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्न लागिएको सो संगठनका नेताहरुले जनाएका छन ।

वाइसिएल अध्यक्ष सापकोटाका अनुसार भेलामा केन्द्र र सात प्रदेश गरी आठ ठाउँबाट नेता तथा प्रतिनिधि गरी ६४७ जना सहभागी हुनेछन् ।

काठमाडौंको एक हलमा प्रमुख अतिथि एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित बागमती प्रदेश, केन्द्रीय कार्यालयका प्रतिनिधि गरी करिब एक सय जना भौतिक रुपमा उपस्थित हुनेछन् ।

त्यहींबाट अध्यक्ष प्रचण्डले भेला उदघाटन गर्नेछन् । यो दृष्य सातवटै प्रदेशमा रहेका प्रतिनिधिहरुले प्रत्यक्ष हेर्न र आफ्ना धारणा राख्न पाउने छन् । सातवटै प्रदेशका गतिविधिहरु पनि काठमाडौंमा देखिन्छ ।

‘हाम्रा लागि यो एकदम हाइटेक हो,’ वाइसिएल अध्यक्ष सापकोटाले भने, ‘यस्तो प्रविधि प्रयोग गरेर राष्ट्रिय भेला आयोजना गर्ने वाइसिएल नेपाल नेपालको पहिलो राजनीतिक संगठन पनि हो ।’

भेलाका लागि काठमाडौंमा ठूलो एलइडी स्क्रिन राखिने छ । वाइसिएलले भेलाका लागि मेन होस्टिङमा एलइडी प्रयोग गरेर अन्त प्रोजेक्टर प्रयोग गर्ने छ । अध्यक्ष सापकोटाले भने, ‘यो त झण्डै–झण्डै टेलिभिजन स्टुडियोकै मेकानिजम हुने रहेछ । सात प्रदेशमा सातवटा मेकानिजम तयार गर्नुपर्यो । त्यसैले खर्चिलो हुनेभयो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार