अमेरिकाले अफगानिस्तानमा इस्लामिक अतिवादी ‘आइएस’ समूहमाथि ड्रोन हमला गर्दा आक्रमणकारीको नाइको मृत्यु भएको बताइएको छ ।

अफगानिस्तानको नागरहर प्रान्तमा आइएसका आक्रमणका योजनाकारसहित अन्या नेताहरु समेत मारिएको दाबी गरिएको छ ।

आक्रमणमा को को मारिए भन्ने खुलाइएको छैन । तर, सर्वसाधारण कोही पनि नमारिएको उल्लेख छ ।

अमेरिकी सैनिकसहित झण्डै २ सय जना मारिने गरी काबुल एयरपोर्टमा आइएसले बम बिष्फोट गराएको भोलिपल्ट कारबाही गरिएको हो । अमेरिकाले बदलास्वरुप ड्रोन हमला गरेसँगै अफगानिस्तानमा स्थिति झन् तनावग्रस्त भएको छ ।

ड्रोन हमलामा मारिएका आइएसका लडाकुहरु बम हमलाका योजनाकार भएको दाबी छ ।

तालिवानले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि आइएसको प्रभाव पनि बढ्न थालेको छ । यसले क्षेत्रीय तथा विश्व शक्तिहरु सतर्क भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार