विप्लव नेकपा निकट नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वको प्रथम सम्मेलन आयोजक समिति गठन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाको प्रमुख आतिथ्यमा भर्चुअलमार्फत सो सगठनको घोषणा गरिएको हो ।

रमेश गिरि अध्यक्ष रहनेगरी १७ सदस्यीय नेपाली जनप्रगतिशील मध्यपूर्व मोर्चा गठन गरिएको छ ।

भेलालाई प्रमुख अतिथि धमेन्द्र बास्तोलालगायत विभिन्न अतिथीहरुले संवोधन गरेका थिए ।

मोर्चाले जारी गरेको विज्ञेप्तीको पूरा पाठ –

मिति २७ अगस्त २०२१मा नेपाली जनप्रगतिशील मोर्चा मध्यपुर्वको प्रथम सम्मेलन आयोजक समिति बनेको घोषणा गरेको छ । जुम भर्चुअलमार्फत कतार मोर्चा सल्लाहकार समिति संयोजक रमेश गिरीको सभापतित्वमा भएको भेलाको संचालन बहराइन मोर्चाका महासचिव मिनराज नाथले गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा विदेश बिभाग इन्चार्ज क कंचनको प्रमुख आतिथ्य तथा जनजागरण अभियानका अध्यक्ष गुणराज लोहनी, पार्टी केन्द्रीय सदस्य तथा जनसमाज भारतका अध्यक्ष आजाद सेन, विदेश विभाग सचिव खगेन्द्र केसी, युरोप मोर्चा अध्यक्ष विष्णु भुजेल लगायतविश्व भरिका मोर्चा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

शहिदहरुको सम्मानमा मुट्ठी उठाएर मौनधारण गरि शुरु गरिएको कार्यक्रममा कम्युनिस्ट अन्तर्राष्ट्रिय गीत बजाइएको थियो । समितिका निर्वाचित सदस्यहरुले संगठनको गरिमा, भैपरी आउँदा उद्दारमा सहयोग गर्नुको साथमा देशभित्र नै युवाहरूलाई रोजगार युक्त बनाउन लागि पर्ने बताएका थिए । पार्टी केन्द्रीय सदस्य तथा जनसमाज भारतका अध्यक्ष आजाद सेनले मध्यपुर्व मोर्चाले मजदुरका मुद्दामा केन्द्रित रहेर अगाडि बढ्न र नेपालमा एकीकृत जनक्रान्तिको माहोल तयार गर्दै अगाडि बढ्नका लागि सुझाव दिनु भएको थियो ।

प्रमुख अतिथि क कंचनले कसैको आलोचना गरेर भन्दा पनि आफुले राम्रो गरेर देखाउन सुझाव दिनुभएको थियो । नवगठित १७ सदस्यीय समितिको घोषणा गर्दै बधाई तथा शुभकामना दिनुभएको थियो । मन्तब्यकै क्रममा प्रमुख अतिथि क कंचनले अब विश्व बजारमा नेपाली युवाहरूले श्रम होइन सीप बेच्न तयार रहनुपर्ने बताउनु भएको थियो । तीन जना पछि थप्ने गरि बनाइएको मध्यपुर्व मोर्चाको १७ सदस्यीय कार्यसमिति यसप्रकार रहेको छ ।

१) संयोजक- रमेश गिरी
२) सदस्य -भिम केरुङ बहराइन
३) सदस्य -मिनराज नाथ बहराइन
४) सदस्य -धनन्जय जोशी बहराइन
५) सदस्य -रमेश गिरी बहराइन
६) सदस्य -रेशम पौडेल कतार
७) सदस्य -श्रीकृष्ण भट्टराई कतार
८) सदस्य -जयकिशोर पोद्दार कतार
९) सदस्य -रबिन पुन कतार
१०) सदस्य -युवराज कार्की साउदी
११) सदस्य- टिकाराम ओलि साउदी
१२) सदस्य -बिपिन शर्मा साउदी
१३) सदस्य …………… साउदी
१४) सदस्य- मनोज काउचा युएई
१५) सदस्य -धिरज न्यौपाने युएई
१६) सदस्य -………………. युएई
१७) सदस्य -………………. युएई

अन्त्यमा नेपाली मजदुरहरुको पक्षमा निरन्तर संघर्स गर्ने प्रतिबद्धता सहित पार्टी अनुशासनलाई फलामे किल्ला मानेर आन्तरिक छलफल बाट नै व्यबहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै सभापति रमेश गिरीले भेला समाप्तिको घोषणा गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार