चीनको छेन्दुबाट काठमाडौं आएको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टा लामो फन्को मारेको छ ।

सो जहाजले अवतरण गर्न नसकेपछि ओभर सुट गरेको हो । विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले पाइलटले जहाजलाई ओभरसुट गराएका हुन् ।

मौसम अनुकूल नभएपछि जहाजले एक घण्टाभन्दा बढी समय आकाशमा फन्को मारेको थियो । आज बिहान साढे ६ बजे अवतरणको समय रहे पनि सो जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको थियो ।

मौसम खराबीका कारण विमानस्थलको भिजिबिलिटी कमजोर भएकाले सो जहाजले ओभरसुट गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

काठमाडौं उपत्यकाका आकाशमा बिहान हुस्सु लागेको थियो । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको थियो । मनसुनी वायुको प्रभावका कारण देशभर बदली र वर्षाको अवस्था छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार