दार्चुलामा महाकाली नदीमा तुहिन चढ्दा भारतीय एसएस बिले तुहिन काटिदिदा जय सिंह धामी महाकालीमा बेपत्ता भएका छन्। कस्तो कु्रर बरबर ब्यबहार? अमानबीय नृसंस पशुजन्य हिंशा भारतीय पक्षबाट प्रदर्शन गरिएको छ। यो २१सौ शताब्दिको मानब इतिहासको कलंक हो। तुहिन चढेर भारत हुदै दार्चुलाको सदरमुकाम जान लागेका हुन् जय सिंह धामी। तुहिन चढ्दै गर्दा भारतीय एस एसएस बिले तुहिन काटेर आफ्नो अक्षम्य अपराध देखाएको छ। यो अपराध पैसामा साटेर साटिदैन। एसएस बिलाई मृत्यू दण्ड दिएर भारतीय पक्षले धामीको परिवारलाई क्षतीपूति दिनुपर्छ। तर बिडम्बना डेढ महिना पुग्नैलाग्दा पनि नेपाल सरकारले अझै घटनाको पुष्टिगर्न सकेको छैन। सरकार बोल्न सकेकोछैन।

जनताबाट धेरै आवाज आएकोले एउटा आयोग बन्यो सरकारबाट। तर त्यो आयोगले मुख सिलाएर बसेको छ। सरकार भारतीय पक्षबाट डराएर भारतीय प्रम मोदी समक्ष वार्तागर्न पनि सकेको छैन। तीन करोड नेपालीको मुटु खाएको घटना हो यो। यस प्रकारको अमानबीय घटना जसलाई पनि पर्नसक्छ। तुहिन काटिदा पल्लोपट्टीबाट आवाज आयो, “मानिस आउँदैछ तुहिन नफुकाऊ नफुकाऊ”तर निर्दयी एसएस बिले मानेन। तुहिन फुकाएर महाकालीमा छोडिदियो। कस्तो बिडम्बना। एउटत ह्रदय बिदारक बरबर घटना।
न्याय हराएको देशमा
महाकालीमा आँसु बगिरहेछ।
सारा नेपाली शोकमा डुबिरहेछ
भारतीय शैनिकको निगरानी
के नेपाल स्वतन्त्र छ?
एमसीसी एपिएसको सम्बन्ध
तर नेपालमा प्रतिबन्ध?
के नेपाल भारतीय कारागारमा छ?
मेलम्चीमा बाढीले रुवाबासी
केटा केटीको बिचल्ली
सुस्ताबासी गर्छन हल्लीखल्ली
तर लम्पसारबादी बस्छन् यहाँ ढलीमली
देखिदैन यहाँ राट्रिय अखण्डता
तुहिन काटिदा पनि बोल्दैन नेपाल
नेता बेचिएर बेचिएछ नेपाल
लम्सारबादी नेता एता र उता
खेलाउँछ साम्राज्यबादले कठपुतली
उसका भरौटे र अर्दली
नव उपनिबेश सिक्कीमीकरण भैसक्यो
नदीनालामा भारतीय हस्तक्षेप
दलाल संसदीय ब्यबस्था कस्तो छ अवस्था?
धनीलाई चैन गरिबलाई ऐन
युवालाई अरब खाडी नेता बिप्रेषणमा मस्ती
गए हुन्छ नेपाली असरफ घानी
अब बन्छ नेपाल उन्मुक्त अफगानी
झुक्दैन नेपाल पेन्टागनमा
आफ्नै पौरख छ गौरव छ
बिरताको ईतिहास छ
अब चल्दैन कालापानीमा भारतीय परेड
हुदैन लौ नेपाल भारतीय अपडेट
अब चल्दैन दार्चुलाको अपराध
अब चल्दैन दलाल सरकार
अब अति भो
देशको लागि जनताले बलीदानी दिन्छ
होशियार होशियार दलाल नेता
कम्युनिष्टको भ्रम छरेर कति बन्छौ बिजेता
गद्दार अभिनेता अभिजातका पोषक
गरिब श्रमिकका बन्छौ तिमी शोषक
मुठ्रठीभरलाई स्वर्ग छ नेपाल
भ्रष्टाचार चुलिरहेछ किन बस्छौ आहाल?

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार