
दार्चुलास्थित महाकाली नदीमा नेपाली युवा सवार तुइन काटिएको विषयमा नेपालले बनाएको प्रतिवेदनबारे भारतीय विदेश मन्त्रालय अनभिज्ञता प्रकट गरेको छ।
भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएपछी महाकालीमा खसेर नेपाली युवा जयसिंह धामीले ज्यान गुमाएको घटना प्रतिवेदन नेपालले तयार गरेकोबारेमा भारतले अनभिज्ञता प्रकट गरेको हो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरबिन्दम बाग्छीले बिहीबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा यस घटनाबारे बोल्न अस्वीकार गरेका हुन्।
उनले समाचारहरु देखे पनि कूटनीतिक च्यानलमार्फत आधिकारिक विवरण केही नआएको पनि उनले बताएका छन्।
तुइन काटिएको घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता उनले अस्वीकार गरेका छन्।







