
एक हातले
हसिया हथौड़ा बोक्यो
साम्राज्यवाद मुर्दावाद भन्यो
अर्को हातले
एमसीसी बोक्यो
साम्राज्यवाद जिन्दावाद भन्यो।
उठा शस्त्र उठा युवा
यिनका जिब्रा थुतेर
म्युजियमका भित्ताहरुमा टास।
कहिले अध्यादेश मुर्दावाद भन्यो
सडकतिर नाच्यो
कहिले अद्द्यादेस जिन्दावाद भन्यो
सदनतिर नाच्यो
उठा शस्त्र उठा युवा
यिनका खुट्टा काट
म्युजियमका सिलिङहरुमा झुन्डा।
कहिले पश्चिमतिर मुन्टो फर्कायो
अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्यो
कहिले सदनतिर मुन्टो ठडायो
एमसीसी जिन्दावाद भन्यो
उठा शस्त्र उठा युवा
यिनका मुन्टा काट
टुडीखेलका रुखहरुमा झुन्डा।
उठा द्रोपदी शस्त्र उठा
देसको चिरहरन हुँदै छ
दुर्योधनको टाउको काट
दुशासनको हात काट
चुपचाप बस्ने
भीस्मपितामहको जिब्रो काट।
उठा द्रोपदी शस्त्र उठा
तेरा बचेरा एमसीसी बाजले खादै छ ।
उठा द्रोपदी शस्त्र उठा
एमसीसी बाजका पखेटा काट
रक्तबीज छर ।







