देविराम थापा/काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले जनमत संग्रहको निर्वाचन भएमा त्यसबाट आउने जुनसुकै परिणाम स्वीकार गर्ने बताएका छन् ।

वर्तमान देशको राजनीतिक निकास जनमत संग्रहको निर्वाचन भएको र त्यो निर्वाचन भएमा क्रान्तिकारी जनताको नै जित हुने नेता बुढामगरको दाबी छ ।

नेकपा निकट मगर मुक्ति मोर्चा,नेपालको काठमाडौंको प्रथम जिल्ला सम्मेलनलाई आज शनिबार संबोधन गर्दै नेता बुढामगरले नेपालको समस्या वर्गीय राजनीतिक समस्यासँगै जातीय समस्या पनि प्रमुख रहेको नेता बुढामगरको भनाई छ ।

कम्युनिस्टहरुले मात्र सबै प्रकारको उत्पीडनको अन्त्य गर्ने भन्दै नेता बुढामगरले सबै उत्पीडित जातिहरु कम्युनिस्ट बन्नुपर्ने बुढामगरको भनाई छ ।

संघीयताले मनोभावनाको हल गर्ने तर समग्र समस्याको हल नगर्ने नेता बुढामगरको दाबी गरे ।

आफुहरु संघीयताको विरोधी नभएको तर त्यसले पूर्ण समस्याको हल नगर्ने नेता बुढामगर को जोड छ ।

सम्मेलनलाई मगर मुक्ति मोर्चानेपालको केन्द्रीय सचिवालय सदस्य इन्द्र घर्तिमगर, नेवा मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

सम्मेलनले वजन रानामगर अध्यक्ष रहनेगरी २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

सम्मेलन पछिको नयाँ जिल्ला कार्यसमितिलाई मगर मुक्ति मोर्चाका केन्द्रीय कार्यालय प्रतिनिधि एमएल थापामगर र नेकपा काठमाडौंका जिल्ला सेक्रेटरी राजेन्द्र महर्जनले बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार