नेपाल कम्युनिस्ट पार्टीको आफ्नै सरकारको अवधारणामा रहेको केन्द्रीय जनपरिषद नेपालले सरकारले एमसीसी विरुद्ध बोल्न नपाइने भन्ने दिएको अभिव्यक्तिलाई गम्भीर आत्मसमर्पणको रुपमा लिएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय जनपरिषद, नेपालका प्रमुख सन्तोष बुढामगरले जनताको सूचनाको हकलाई कुण्ठित गर्ने काममा सरकार लागेको भन्दै यो हर्कतलाई सबैले प्रतिवाद गर्नुपर्ने अपिल गरेका छन् ।

एमसीसी परियोजना विरुद्ध बोल्नेलाई कडा निगरानी गर्ने भन्ने सरकारको पछिल्लो भनाई नेपालको अस्मिता लुटिदा चुप लागेर बस्न बाध्य पारिएको तर सरकारको यस कदमलाई प्रतिरोध गर्नुपर्ने जनपरिषद नेपालका प्रमुख बुढामगरको भनाई छ ।

आफुहरु विदेशी सहयोगको नाममा ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌राष्टलाई दाउँमा राख्न  तयार नरहेको बताउँदै प्रमुख बुढामगरले सरोकारको पछिल्लो अभिव्यक्ति फिर्ता लिन सरकारलाई आग्रह समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार