
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध एक हप्ते लामो आन्दोलनको घोषणा गरेको छ ।
मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका बेलुन उडाउने रहेको छ ।
विप्लव नेतृत्वको नेकपाले सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्न षड्यन्त्र गरेको भन्दै राष्ट्रियतामाथि घात र वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि क्रान्तिकारी शक्ति आन्दोलित बनेको बताएको छ ।
एमसीसीविरुद्ध विप्लव नेकपाका यस्ता छन् साताव्यापी सङ्घर्षका कार्यक्रमहरू
२३ गते बुधबार देशव्यापी कोणसभा
२५ गते देशव्यापी विरोध प्रदर्शन
२६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने
२७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने
२८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा







