अध्यक्ष पदमा दुवै पक्षको दाबीपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।

वाईसीएलको आज (मंगलबार) बसेको पहिलो पूर्ण बैठकले देवकोटालाई संयोजक तोकेको हो ।

त्यस्तै सह–संयोजकमा सुबोध सेर्पालीलाई चयन गरिएको छ ।

राष्ट्रिय भेलामा नेतृत्वमा सहमति नभएपछि पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले नै वाईसीएलका नेतृत्व छानेको हो ।

केही समय अघि वाइसीएलको राष्ट्रिय भेलामा सुमन देवकोटा र सुवोध शेर्पालीले मुख्य पदमा दाबी गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार