
नेकपा माओवादी केन्द्र समाजवादीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए देशको अखण्डतामाथि प्रहार भई रक्तपातको चेतावनी दिएको छ ।
शनिबार तीन दर्जनभन्दा बढी संख्याका युवाहरुको रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आयोजित पार्टी प्रवेशमा अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी खतरनाक भएको भन्दै तत्काल खारेज गर्नुपर्ने समेत बताएका हुन् ।
‘एमसीसी पास भए नेपालको अखण्डतामाथि प्रहार हुन्छ । रक्तपात हुनसक्छं,’ बुढाथोकीले भने । कार्यक्रममा नेपाली कांगे्रस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) लगायत विभिन्न पार्टीबाट युवाहरु नेकपा माओवादी समाजवादीमा प्रवेश गरेका थिए ।
उनीहरुलाई अध्यक्ष कर्णजीत बुढाथोकीले स्वगत गरेका थिए । बुढाथोकीले भने,‘अहिले देशमा चाहनाबाहिरको अवस्था जुन सिर्जना भएको छ । यो अपकल्पनीय हो । संसदमा भएको तनावलाई ताण्डव नृत्य भन्दै आलोचना गरे । उनले भने, ‘कांग्रेस, एमाले र माओवादीको ताण्डव नृत्य नेपाली जनताको लागि अपाच्य भइसक्यो ।’
देशमा नयाँ सम्भावना देखिएको भन्दै अहिलेको अवस्थाले त्यही संकेत गरेको बताए ।







