नेपाल कम्युनिस्ट पार्टीले एमसीसी विरुद्ध आज दिउँसो १ बजे काठमाडौँको खुलामञ्च (सहिद मञ्च) मा विरोध सभा गर्दैछ ।

सो विरोधसभालाई नेकपाका महासचिव विप्लवले विशेष संबोधन गर्ने भएका छन् । साथै सो सभालाई वैद्य माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा (माले) का महासचिव सीपी मैनालीलगायत विभिन्न पार्टीका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

काठमाडौँका तीन ठाउँबाट ११ बजे निस्किने जुलुस खुलामञ्चको सभास्थलमा प्रवेश गर्ने छ ।

नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा हुने सो सभालाई विभिन्न पार्टीका नेताहरुले संबोधन गर्ने छन् –
-क विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी -प्रमुख वक्ता
-क सीपी गजुरेल – देजमो- संयोजक- वक्ता
-क सीपी मैनाली – नेकपा माले -महासचिव -वक्ता
-क आहुति – वैज्ञानिक समाजवादी पार्टी- अध्यक्ष -वक्ता
-क ऋषि कट्टेल – नेकपा -अध्यक्ष -वक्ता
-क कर्णजित बुढाथोकी – नेकपा माके -अध्यक्ष- वक्ता
-डा सुरेन्द्र भण्डारी – नेपालका लागि नेपाली अभियान- संयोजक- वक्ता
स्थान- खुल्लामन्च, काठमाण्डौ
समय- २०७८, भाद्र २८ गते दिउसो १:०० बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार