
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अमेरिकाले नेपालमा जबर्जस्ती एमसीसी थोपर्न खोजे आन्दोलनको राँको बाल्ने चेतावनी दिएका छन्।
सोमबार एमसीसीविरुद्ध अयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी नेपालको राष्ट्रिय हित विरुद्ध र अमेरिकाको सुरक्षाका पक्षमा भएको बताए ।
उनले अहिले नेपालमा एमसीसीविरुद्ध भएको आन्दोलन एउटा झिल्को मात्रै भएको पनि बताए । ‘अहिले एमसीसीविरुद्धको यो आन्दोलन झिल्को मात्रै हो, एमसीसी जर्बजस्त दलालहरूको कमिसनको लोभमा थोपर्न खोजियो भने राँको बन्छ राँको’, विप्लवले देशको माया हुने सवै नेपाली जनतालाई एकजुट हुन आव्हान गरे । ‘आउनुस्, पार्टीपाटीमात्रै होइन, एमसीसीविरुद्ध लडौ भनेर भन्दा कतिपयले पार्टीमा गारो हुन्छ भन्नुभयो । तर अव मेचीदेखि कालीसम्मका सवै जनता एक ढिक्का हुनेछन् र कुनैपनि मुल्यमा एमसीसी थोपर्न दिनेछैनौ’, विप्लवको दावी छ ।
‘अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि नेपालमा एमसीसी लागु गर्ने भनिएको छ । कानुनी ढंगले अमेरिका नै माथि हुने, सुरक्षा पनि उसैले गर्ने त्यस्तो प्रावधान राखिएको छ’, विप्लवले लप्सेफेदीदेखि सुनौलीसम्म सुरक्षा गर्ने नेपालमा प्रहरी र सेना छैनन ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्रीदेखि कतिपय मन्त्रीले एमसीसीको पैसाले सम्बृद्धि हासिल गर्न नसकिने अमेरिकाले दिएको ५० करोड डलरले के नेपालको कायापलट हुन्छ ? भन्दै सत्तापक्षलाई प्रश्न गरे ।







