
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँमा शुरु भएको छ ।
प्रतिबन्धपछि नेकपाको पूर्ण केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा आजदेखि सुरु भएको हो ।
बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाले बताएको छ । बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँले मेस चलाउने उहाँले बताए । बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ ।
बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन् ।
प्रतिबन्धपछि धेरै केन्द्रीय समितिका सदस्यहरू जेलमा रहँदा पूर्ण बैठक बस्न सकेको थिएन । साथै केन्द्रीय समिति बिस्तारपछि पनि यो पूर्ण बैठक हो ।







