सरकार सञ्चालनमा पाँच दलीय गठबन्धनबाट सहयोग नपाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधार्न अग्रसर देखिएका छन्।

चार जना मन्त्री लिएर दुई महिनादेखि एक्लै सरकार चलाइरहेका देउवा मन्त्रीपरिषद विस्तार, बजेट अनुमोदनजस्ता महत्वपूर्ण विषयमै असफल रहँदै आएका छन्। यही अवस्थामा सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सरकार सञ्चालन सहज बनाउनेतर्फ अग्रसरता नदेखएको भन्दै देउवाले एमाले अध्यक्ष ओलीसँग निकटता बढाउन थालेका हुन्।

दुई महिनादेखि मन्त्रिपरिषद् विस्तार प्रयासमा देउवा असफल भएका छन्। खासगरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने योजनामा सत्ता गठबन्धनका दलबाट साथ नपाएको देउवाको गुनासो छ।

गठबन्धनभित्र कांग्रेस एमसीसी संसदबाट तत्कालै अनुमोदन गर्न चाहन्छ भने बाँकी तीन दल– माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा संशोधनपछि मात्रै अगाडि बढाउने अडानमा छन्।

मूलत एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा गठबन्धनभित्र कुरा नमिलेपछि देउवा ‘दूत’ खटाएर एमाले अध्यक्ष ओलीसँग सम्बन्ध सुधारतर्फ लागेका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार