नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले वर्तमान संविधानको विकल्पमा जनसंविधान निर्माण गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा एक प्रेस विज्ञेप्ती जारी गर्दै महासचिव विप्लवले विद्यमान संविधान जनताको भावनालाई पूर्णरुपले संवोधन गर्न नसक्ने जिकिर गरे ।

‘सम्पूर्ण जनताको सहभागितामा जनमतसंग्रहद्धारा नयाँ संविधान निर्माण गर्नु आजको आवश्यकता हो’, महासचिव विप्लवद्धारा जारी विज्ञेप्तीमा भनिएको छ ।

केही निश्चित नेताहरुको स्वार्थको मोलतोल र सहमतिमा जर्बजस्ती संविधान थोपरिएको महासचिव विप्लवको भनाई छ ।

महासचिव विप्लवको विज्ञेप्तीमा भनिएको छ –

‘नेपाली जनताको आकाङ्क्षा र वास्तविक अधिकारलाई सम्बोधन गर्न असफल नेपालको वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुन सक्दैन । केहि निश्चित नेताहरूको स्वार्थको मोलतोल र सहमतिमा जवरजस्ती थोपरीएको यो संविधान आम नेपाली जनताका लागि स्वीकार्य छैन । वर्तमान संविधानसँग असहमत र अग्रगामी परिवर्तनका लागि विभिन्न उत्पीडित जनसमुदायद्वारा सञ्चालित सङ्घर्षहरूप्रति हाम्रो समर्थन रहेको छ ।’

यो संविधानसँग असहत सबैं शक्तिहरुद्धारा संचालित संघर्षहरुमा आप्नो पार्टीको पूर्ण समर्थन रहने विप्लवको विज्ञेप्तीमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार