फागुनमा महाधिवेसन गर्ने निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको ११ औं पूर्ण बैठक तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ ।

बैठकले पार्टीको ९ औं महाधिवेशन आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा गर्ने निर्णय गरेको छ । बैठकले मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा राजधानीमा विशाल जनसभाको आयोजना गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै एमसीसी लगायत राष्ट्रियताको बिषयमा संयुक्त संघर्षलाई निरन्तरता दिने बताएको छ । राष्ट्रियताको पक्षमा संघर्ष गर्ने क्रममा सबै देशभक्त, राष्ट्रवादी तथा सच्चा लोकतन्त्रवादीहरुसँग संयुक्त संघर्ष गर्ने बताइएको छ ।

त्यसैगरी पार्टी निकट सबै जनवर्गीय सङ्गठन तथा मोर्चाहरूका राष्ट्रिय भेलारसम्मेलनहरू सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।

महाधिवेशनको तयारीका लागि पार्टीका आधारभूत तहदेखि जिल्लासम्म सबै तहका सम्मेलनहरू गर्ने बैठकको निर्णय छ ।

साथैं बैंठकले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा आन्दोलन अघि बढाउनुका साथै भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध सङ्घर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार