नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले हजारौं मान्छेलाई बलिदानमा होमेर प्रचण्डले क्रान्तिको मोर्चा छोडेको बताएका छन् ।
मोर्चा छोडेर भाग्ने कमाण्डर नहुने भन्दै उनले प्रचण्ड मोर्चा छोडेको कमाण्डर भएको बताए ।

आफ्नो पार्टी निकट अखिल क्रान्तिकारीको केन्द्रीय सम्मेलनलाई संवोधन गर्दै विप्लवले आफुहरुले प्रचण्ड बाबुरामका विरुद्ध कसैले नपत्याउने गरी आफूहरुले विद्रोह गरेको उनको भनाई छ।

नेपालमा जनयुद्धको जगमा ०६२-६३ को जनआन्दोलनपछि गणतन्त्र आएपनि त्यो गणतन्त्र विदेशीले थोपरेको गणतन्त्र आएको विप्लवको दावी छ ।

देशलाई माया गर्ने बीच गएर आफुहरुले अभियान छेडेको उनले बताए। जनताको जिम्म लिन नसक्ने राज्य आफूहरुले नमान्ने उनले बताए। खुन र पसिना चुस्ने दलालविरुद्ध लडेर आफूहरुको लडाई रहेको उनको भनाई छ।

देशको लागि लड्दा ज्यानै गुमाउनु परे पनि गुमाउने भनेर आफूहरु निस्किएको उनले बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार