नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलेगर्न थालेपछि पार्टीमा नयाँ विवाद उत्पन्न भएको छ ।

प्रवास विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, पम्फा भुषाल लगायतका नेताहरु पुनको सो भनाइले चिढिएका छन् ।

‘व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाका लागि गुटबन्दी गर्ने प्रवृत्ति क्रान्तिकारी प्रवृत्ति होइन, विचार र पार्टी बलियो बनाउन हामी सबै अध्यक्ष प्रचण्डको वरिपरि गोलबद्ध हुनुपर्छ’ पुनले भनेका थिए ।

उनले सैद्धान्तिक कुरा नगरी प्रचण्डलाई मात्र केन्द्रमा राखेर अभिव्यक्ति दिएपछि पार्टीभित्रबाट आलोचना शुरु भएको छ । ‘पार्टीलाई विभिन्न गुट र स्वार्थ समूहबाट अलग गरेर विचारले एक, राजनीतिले एक, संगठनले एक क्रान्तिकारी जोश र जाँगरले एकतावद्ध बनाउन जरुरी छ’, पुनले भनेका थिए ।

नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनु पर्ने गरी कार्यविधि बनाएपछि उनले आगामी राष्ट्रिय सम्मेलनमा पनि आफ्नो वर्चश्व देखाएर शक्तिमा रहिरहन सो निर्देशन दिएको अन्य नेताहरुको आरोप छ ।

पत्नी ओनसरी घर्ती उपसभामुख, सभामुख बनाइसकेको, आफू पटक पटक मन्त्री बनिसकेको र पार्टीभित्र पनि कार्यालय तथा शक्तिशाली विभागमा रहेकाले वर्चश्वलाई कायम राख्न सो निर्देशन दिएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् ।

संगठन विभाग प्रमुख रहेका जनार्दन शर्मालाई समेत थाहा नदिइ उनले यस्तो निर्देशन दिएका हुन् । पार्टीभित्र पुन र शर्माबीच कसले बढी शक्ति आर्जन गर्ने भन्ने प्रतिस्पर्धा चलिरहेका बेला पुनले सो निर्देशन दिएपछि शर्मा असन्तुष्ट भएको स्रोतले जनाएको छ ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । तल्ला कमिटीहरुका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार