चार महिने संगठन निर्माण तथा विस्तारको अभियान चलाइरहेको नेकपा (माओवादी केन्द्र)ले ‘टोलबाट देश निर्माण गरौं, सेलबाट पार्टी निर्माण गरौं’ भन्ने नयाँ नारा तय गरेको छ ।

शनिबार संगठन विभाग प्रमुख जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य हुनुपर्ने नीति पनि बनाएको छ ।

त्यस्तै एक सेल वरिपरि महिला र युवाको १५–१५ जना रहेको समिति बनाउनुपर्ने नीति पनि तय गरिएको शर्माले जानकारी दिए।

माओवादीले तीस साख संगठित सदस्य बनाउने लक्ष्यसमेत राखेको छ। ‘एक वडा तीन टोल अनिवार्य र एक टोल तीन सेल अनिवार्य’को नीतिअनुसार गए सजिलै तीस लाख संगठित सदस्य बनाउन सकिने दावी शर्माको छ।

गत साउन ३० र ३१ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको मिति तय गर्दै चार महिने संगठन निर्माण अभियान घोषणा गरेको थियो।

लामो समय लथालिंग सांगठानिक अवस्थामा चलेको माओवादी केन्द्रले असोज १० गते देशैभर एकैदिन सबै सेल समिति र टोल भेला गर्ने निर्णय गरिसकेको छ।

त्यस्तै असोज २० गते वडा र २० गते एकै दिन गाउँपालिका र नगरपालिकाको सम्मेलन गर्ने तय गरेको छ। कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने माओवादीको कार्ययोजना छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार