
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालको क्रान्तिलाई आफ्नो पार्टीले जसरी पनि पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
प्रचण्ड बाबुरामले बीचमा अलपत्र पारेको नेपालको सर्वहारा क्रान्तिलाई आफ्नो पार्टी जुनसुकैं मूल्य चुकाएर पनि पूरा गर्ने महासचिव विप्लवको दावी छ ।
चितवनमा चार दिनसम्म चलेको पार्टीको केन्द्रीय प्रशिक्षणलाई समापनतिर संवोधन गदै महासचिव विप्लवले नेपालमा अहिले दलाल संसदीय व्यवस्था ठूलो संकटमा फसेको बताए ।
दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको भन्दैं महासचिव विप्लवले आजको क्रान्तिकारी निकास जनतमत संग्रहबाट वैज्ञानिक समाजवाद प्राप्ति गर्नु रहेको दाबी गरे ।
जनतमत संग्रहबाट वैज्ञानिक समाजवादको आफ्नो कार्यनीतिलाई ब्यापक जनताका बीचमा लैजान महासचिव विप्लवले आफ्ना अगुवा नेता कार्यकर्तालाई निर्देशन दिए ।
साथैं दलाल संसदीय व्यवस्थालाई जनताका बीचमा नांगेझार पार्न पनि आग्रह गरे ।
प्रशिक्षण कार्यक्रममा देशभरिबाट एक सय १५ जनाबाट जिल्ला सेक्रेटरी, जबस/मोर्चाका प्रतिनिधिहरुले आ आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए ।
सोमबार सुरु भई बिहीबार सम्पन्न भएको उक्त प्रशिक्षणमा देशभरिबाट तीन सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी भएका थिए ।







