नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले अनलाइन शिक्षाको नाममा भइरहेको लुट भइरहेको भन्दै त्यसलाई नियन्त्रण गरी तत्काल भौतिक कक्षा सञ्चालन गर्न माग गरेको छ ।

हालै सम्पन्न २२औँ राष्ट्रिय सम्मेलनका निर्णयका बारेमा जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी) का नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले दुर्गम क्षेत्रका विद्याथीहरूको पढाइको स्तर खस्किनुमा  पढ्नलाई भौतिक सुविधा नभएको बताए ।

उनले देश कोरोना संकटबाट आक्रान्त बनेकाबेला संक्रमित सबै नागरिकहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्नुको साथै सम्पुर्ण नागरिकलाई कोरोना खोपको अनिवार्य व्यवस्था गर्न पनि माग गरे ।

सम्मलेनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार