नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशमा फेरि एउटा जनयुद्ध चाहिएको बताएका छन्।

‘फेरि एउटा जनयुद्ध सुरु गर्ने हो भने म त हामफाल्न तयार छु। तर अहिले नै हतियार बोक्ने र भूमिगत हुने भनेको छैन ।’

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘प्रतिक्रियावादीले यसैगरी घेरा हाल्ने हो भने दलाल पुँजीपतिका निर्वाचन प्रणाली र शासकीय स्वरुप उल्ट्याउन सकिन्छ। हाम्रो आह्वानमा पुस ५ को कदमविरुद्ध जस्तै मानिसलाई सडकमा उतारे व्यवस्था परिवर्तन गर्न सकिन्छ।’

उनले माओवादी आन्दोलन चुकेको विषयमा समीक्षा हुनुपर्ने पनि बताए। ‘मैले आजकाल भनेको सुन्नु भएको छ नि तपाईंहरुले, आत्मसमीक्षा गर्न जरुरी छ। कहाँ कहाँ त्रुटी भयो खोजौँ म पनि समीक्षा गर्छु’

प्रचण्डको भनाई थियो सबैजनाले रियलाइज गरेपछि भेट हुने बताए। ुहामीले गल्ती गरे पनि, बाटो बिराए पनि जनयुद्धको मूल्य कम हुँदैन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार