काङ्ग्रेस लठ्ठ छ
सत्ताको गुलियोमा
एमाले बहुलाएको छ
सत्ताको बिछोडमा
माके बिखलबन्दमा छ
सत्ता कै खेलमा
झिनामसिनाहरु ट्याउसिएका छन्
सत्ताकै पिरले
सधै देशको मुटु दुखाइरहने
फोहोरी संसदीय राजनीतिको खेल
अब धेरै भएन र ?
अब ढिला भएन र ?
अब नगरे कहिले गर्ने
अब नबोले कहिले बोल्ने ?
अब नलडे कहिले लड्ने ?
हामीले नलडे कस्ले लड्ने ?

जे परे पर्ला बोलौं यो पटक
जे परे सहुँला खपौँ यो पटक
वैंज्ञानिक समाजवादको निमित्त लडौं
एकपटक ।

हामी अन्तिम प्रश्न गर्न आइपुगेका छौं
पुनः तपाईंको आँगनमा
अब उत्तर मात्र दिएर पुग्नेछैन इतिहासलाई
समावेशी युग मागिरहेको
यो रहरलाग्दो साँझलाई
एउटा प्रतिबद्धताको आँत दिनुपर्छ

आउनुस् सपना पुरा गरौं
साम्यवादी भविष्यको ।

वीपी विद्रोही, २०७८/०६/१४

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार