माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीमा अध्यक्षमा महिला समेत रहेकी पंचा सिंहलाई अध्यक्ष बनाएका छन् । अरु निवर्तमान अध्यक्ष रञ्जित तामाङसहित अध्यक्षका दाबेदारहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका छन् ।

अखिल क्रान्तिकारीका नेताहरुसँग आज बिहान खुमलटारस्थित निवासको भेटबाट प्रचण्डले पञ्चालाई संगठनको अध्यक्ष बनाउने र अन्य दाबेदारहरुलाई तत्काल पार्टीको केन्द्रीय सदस्य बनाउने आश्वासन दिएका थिए ।

अखिल क्रान्तिकारीको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, उपाध्यक्षहरु तिलक भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी दाबेदार थिए ।

पार्टीमा युवाहरुलाई स्थान दिने विधानको व्यवस्था अनुसार अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदारहरुलाई पार्टी केन्द्रमा स्थान दिने भनेर प्रचण्डले आश्वासन दिएको एक नेताले बताए ।

‘अध्यक्षले पार्टी स्थायी कमिटीको दुई पटकको बैठकमा यो विषयमा सर्वसम्मत निर्णय भइसकेको छ, तपाईंहरु पार्टीको केन्द्रीय सदस्य भइ नै सक्नुभयो भन्नुभएको छ,’ अखिल क्रान्तिकारीका ती नेताले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार