
तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले तिव्र आक्रोश व्यक्त गरेको छ ।
३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई पटक पटक ध्यानाकर्षण भएपनि नतिजा नआएपछि विप्लव नेकपा ले आक्रोश व्यक्त गरेको हो ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए । तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको विप्लव नेकपाको गुनासो छ ।
केपी ओली नेतृत्वको सरकार रहुन्जेलसम्म पनि विविध बहाना बनाएर माग पूरा नभएको र देउवा सरकार बनेको ३ महिना हुन लाग्दा पनि केही प्रगति नभएपछि विप्लव नेकपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् ।
प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डमार्फत विप्लवले देउवालाई पठाएको ज्ञापनपत्रमा तीन बुँदे सहमति कार्यन्वयन गर्न जोडदार माग गरिएको छ ।







