जनताको सहभागितामा नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको प्रसारण लाइन सबस्टेसनका लागि नुवाकोटमा अधिकरण गरिएको ३८४ रोपनी जग्गा कब्जा गरेको छ ।

नुवाकोट जिल्ला बेल्लकोटगढी नगरपालिका वडा नम्बर ७ रातामाटेमा प्रसारण लाइन सबस्टेसनका लागि अधिकरण गरेको ३८४ रोपनी जग्गा नेकपाले कब्जा गरेको हो ।

स्थानीय जनतासहित नेकपा नुवाकोटले उक्त जग्गामै झण्डा गाड्नुका साथ विज्ञप्ती टाँसेर फर्केको थियो । साथैं कोणसभा पनि गरिएको थियो । कोणसभामा उक्त जग्गा पार्टीले जनतालाई पूर्ण रुपमा उपभोग गर्न र एमसीसीलाई कुनै पनि हालतमा नदिन नेकपाले अनुरोध गरेको छ ।

उक्त विरोधसभा तथा जग्गा कब्जा कार्यक्रममा स्थानीय बासिन्दा र नेकपाका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार