नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण बालुवाटारबाट बालकोट पुर्‍याएको बताएका छन् । उनले ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनीसमेत दिएका छन् ।

शनिबार पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि आएका प्रचण्डले भने–‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको हो अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ ।’

प्रचण्डले भने– ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिदैछ । अब पनि चलखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’

हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताएका थिए ।

प्रचण्डले भने –‘मधेसी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । तर म निरन्तर तपाईहरुकै अधिकारका लागि लडिरहेको छु ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार