उत्तर कोरियाले राजधानी प्योङयाङ सहर नजिकै ठुलो क्षेत्रमा नयाँ अपार्टमेन्ट भवन निर्माण गर्ने योजना बनाएको छ। राजधानी नजिकै माङ्योन्डेस्थित करिव १० हजार स्क्वायर मिटर क्षेत्रफलमा ४ वर्षमा ४० हजार घर निर्माण गर्ने गरी सो योजना बनाएको हो।

स्थानीय मिडिया योनहापमा आइतबार प्रकाशित समाचारअनुसार उत्तर कोरिया सरकारले सो क्षेत्रमा यस वर्षभित्र १० हजार घर निर्माण गर्ने र सन् २०२५ सम्ममा ४० हजार घर निर्माण गर्ने लक्ष्य बनाएको छ। सो लक्ष्य पुरा गर्न सरकारले निर्माण क्षेत्र खाली गराएको छ।

स्थानीय अखबार रोडुङ सिनमुनका अनुसार उत्तर कोरियाले गत जनवरीमा पुर्वी प्योङयाङ इलाकामा ५० हजार अपार्टमेन्ट निर्माण गर्ने घोषणा गरेको थियो। सन् २०२५ सम्ममा सो संख्यामा अपार्टमेन्ट निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। माङ्योन्डे नेता किम जोङ उनका दिवंगत हजुरबुबा किम इल सुङको जन्मथलो भएको उत्तर कोरियाको दावी छ।

कोरोना महामारी र अन्तर्राष्ट्रिय सीमामा लगाएको प्रतिबन्धका कारण आर्थिक संकट झेलिरहेको उत्तर कोरियाले सो संख्यामा घर तथा अपार्टमेन्ट बनाउने लक्ष्य राखिएको बताइएको छ।

जुझे विचारधारा अंगालेर आफनैं विशेषताको समाजवाद लागू गरिरहेको उत्तर कोरियाले जनतालाई अपार्टमेन्टमा निशुल्क वितरण गर्ने गर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार