
माधव नेपाललाई छोडेर केपी ओलीको नेकपा (एमाले) रोजेका घनश्याम भुसालले जनताको बहुदलीय जनवादलाई ‘चुनावदेखि चुनावसम्म’को यात्राका लिने गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
भुसालले काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।भुसालले यही चुनावदेखि चुनावसम्मको गोलचक्करमा एमाले फस्ने हो कि भन्ने चिन्ता व्यक्त गरे।
‘हिजो जे-जे भयो, जनताको बहुदलीय जनतवादले ल्यायो, आज जे हुँदैछ, त्यो जनताको बहुदलीय जनवादले गर्दैछ। र, भोलि के हुँदैछ, त्यो सबै जनताको बहुदलीय जनवादले हुन्छ भन्ने,’ भुसालको भनाइ छ- ‘तर पार्टीले के गर्ने भन्दा चुनाव गर्ने, सरकारमा जाने । सरकारमा जाने, चुनाव गर्ने । चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्ने ।’
‘पछिल्ला दिनमा हाम्रो सामूहिकता र हाम्रो संगठनात्मक प्रणाली धेरै नराम्रोसँग विग्रेर गएको छ,’ भुसालको भनाइ छ, ‘अस्ति विधान महाधिवेशन हामीले जसरी गर्यौं, यो हेर्ने हो र यसैलाई हामीले एमालेको सांगठानिक जीवन भन्ने हो भने वास्तवमा हामी ध्वस्त भइसकेका छौं ।’
उनले थपे, ‘यसबाट मुक्त हुने कार्यक्रम पार्टीले दिन्छ कि दिँदैन र यो काम संस्थागत प्रणालीमा गर्छ कि गर्दै भन्ने कुरा आउँदो महाधिवेशन बहस हुनेवाला छ।’







