नेपाल कम्युनिस्ट पार्टीले बुटवल मोतिपुर औधोगिक करिडरमा प्रहरी र सुकुम्वासीबीच भएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो झडपमा प्रहरीको गोलीबाट बाणगंगा नगरपालीका १० कपिलवस्तुका रेमश परियार लगायत ४ जनाको मृत्यु, दुई दर्जन भन्दा बढी जना घाइते भएका थिए । उक्त घटनाका दोषीहरुमाथी कडा कारवाही गर्न पार्टीले माग गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

प्रवक्ता प्रकाण्डले पार्टीलाई मोतिपुर घट्नासँग जोडेर अफवाह फैलाउने भू–माफियालाई मुखर्ता नगर्न चेतावनी दिदै दलाल माफियाको भ्रामक प्रचारबाट समेत सचेत रहन सिङ्गो पार्टी पङ्ती र आम जनसमुदायमा हार्दिक अपिल समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार