नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विरजंगको असमाहिक निधनले पार्टीलाई अपूरणीय क्षति भएको नेपाल कम्युनिस्ट पार्टीले बताएको छ ।

नेकपा प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र जनतालाई स्तब्ध बनाएको बताएका छन् ।

नेता विरजंगको बिहीबार भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा मुटुरोगको उपचारका क्रममा निधन हुनपुगेको प्रवक्ता प्रकाण्डद्वारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ।

शोक वक्तव्य जारी गर्दै प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी र नेपाली क्रान्तिमा उनले गरेको योगदान, त्याग, तपस्या र बलीदानीको पुर्ण रूपमा रक्षा गर्दै जनक्रान्तिलाई विजयमा पुर्‍याईछाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन।

नेता विरगंजको अन्त्यष्टी ३० गते कपिलवस्तुको शिवगढीमा गरिने नेकपाले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार