
कोभिड-१९ को संक्रमण शुरु भए देखी नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमको बैठक भर्चुअल रुपमा बस्दै आएको थियो । कोभिड संक्रमणको नियमहरु खुकुलो हुँदै गएकोले आज १७ अक्टोबर आईतवारका दिन मोर्चाले भौतिक रुपमा नै बैठक सम्पन्न गरेको छ ।
मोर्चाका अध्यक्ष मेख गुरुङको सभापतित्वमा बसेको बैठकले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा नेता कमरेड चन्द्र बहादुर चन्द ‘विरजंग’ को उपचारको क्रममा दिल्लीस्थित मेक्सिस अस्पतालमा भएको दु:खद निधनप्रती गहिरो शोक ब्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेको छ । उक्त सन्दर्भमा कमरेड विरजंगको क्रान्तिकारी यात्रा र उहाको योगदानको बारेमा संझना गरियो ।
त्यसै गरी नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले विगतमा नेपालको क्रान्तिकारी अग्रगामी परिवर्तनको लागि सहयोग र समर्थन गर्दै आएको छ । अहिलेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितीको मूल्यांकन गर्दै नेपालको अबको अग्रगामी निकास भनेको वैज्ञानिक समाजवाद नै हो भन्ने बिषयमा प्रतिबद्ध हुँदै अन्तरराष्ट्रिय समर्थन जुटाउन मोर्चाले अभियान चलाऊने गर्ने निर्णय गरेको छ ।







