एक सिक्काका दुई पाटा
एकातिर चन्डी
अर्कोतिर रन्डी बोक्ने यही समाज हो।

समाज चाहे राम रहीमको होस्
समाज चाहे आदम र बुद्धको होस्
सबै समाज
एकातिर देवालय
अर्कोतिर बेस्यालय बोक्ने
दोगल्ले समाज हो।

यही समाज हो
स्त्रीलाई चन्डी बनाएर पुज्ने
यही समाज हो
स्त्रीलाई रन्डी बनाएर थुक्ने
दोगल्ले समाज

यही समाज हो
दुर्गाको मन्दिर बनाउने
यही समाज हो
बेस्यालयको गल्ली बनाउने
दोगल्ले समाज

पाखन्डै पाखन्डले
कुहिएर सडेर
गनाएको समाज

उठा स्त्री आगो उठा
दोगल्ले सत्ताको
लालपुर्जा पोल।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार