
नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले पार्टीको आगामी योजना प्रस्ट्याउदै जनमत संग्रह निर्वाचनको पक्षमा माहोल खडा गनर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी रोल्पाको आयोजनामा जिल्ला स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै नेता बास्तोलाले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रमको विशिष्ट अतिथि रहेका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुवासले वर्गसंघर्षको इतिहासमा रोल्पाको भुमिका र हालको समसामयिक राजनैतिक अवस्थाबारे प्रशिक्षित गरेका थिए । प्रशिक्षणमा जिल्ला तथा इलाका स्तरका पार्टी सदस्यहरूको सहभागिता रहेको जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्दले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रमलाई चन्दले सहजीकरण गरेका थिए भने प्रमुख अतिथिमा पार्टी केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, विशिष्ट अतिथिमा केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुवास र अतिथिमा विशेष कमिटी सदस्य सन्तोष सुबेदी प्रयास रहेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीले एकिकृत जनक्रान्तिमार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यसहित आफ्नो राजनैतिक गतिविधि गरिरहेको छ ।







