प्रचण्ड निकट मानिने बीएण्डसी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईं नेकपा एमाले प्रवेश गरेका छन् ।

आइतबार झापामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंलगायतलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दैं प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चर्को आलोचना गरे ।

“प्रचण्डप्रति मेरो भ्रम तोडियो,” पार्टी प्रवेश गर्ने कार्यक्रममा उनले भने, “हामीले यही दिन देख्न सैनिक हिरासत बसेका थियौँ ? यति नै गर्न थियो भने १७ हजार किन मारियो ? मैले यो प्रश्न प्रचण्ड र बाबुरामलाई सोध्न चाहन्छु । प्रचण्डसँग जवाफ माग्न सक्नुपर्छ ।”

उनले प्रचण्ड र बाबुराम भट्टराईलाई कम्युनिस्ट भन्न लाज लाग्नुपर्ने बताए ।

एमाले र माओवादी केन्द्रबीच एकता हुनुपूर्व प्रचण्ड र केपी शर्मा ओलीलाई आफ्नै निवासमा भेट गराएर मार्सी चामलको भात खुवाएको तस्वीर सार्वजनिक भएपछि प्रसाईं चर्चामा आएका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार