नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रणवीरले आफ्ना पार्टीका नेता वीरजंगको गोन्जालो र ग्राम्सीकोजस्तैं जेलमा दिएको यातनाले हत्या भएको हुन सक्ने दाबी गरेका छन् ।

आज नेकपा नेता वीरजंगको श्रद्धाञ्जली सभामा बोल्दैं नेता रणनीरले पेरू कम्युनिस्ट पार्टी साइनिङपाथका अध्यक्ष गोन्जालो र इटालियन कम्युनिस्ट पार्टीका नेता ग्राम्सीलाई त्यहाँका फासिवादी शासकहरूले जेलमै हत्या गरेजस्तै नेता वीरजङ्गको मृत्यु पनि सामान्य नभएर एक किसिमको हत्या भएको हुनसक्ने बताए ।

देश, जनता, आफ्नो वर्ग र क्रान्तिका पक्षमा निरन्तर लागिरहने नेता वीरजङ्ग अनुकरणीय चरित्र र स्वभाव भएका व्यक्तित्व भएकाले उनीबाट क्रान्तिकारीहरूले पाठ सिक्नुपर्ने नेता रणवीरले बताए ।

समाजका लागि, आमूल परिवर्तन र क्रान्तिका लागि व्यक्तिगत स्वार्थ त्यागेर हिँडेकाहरू नै महान् बन्ने उदाहरण प्रस्तुत गर्दै नेता रणवीरले हामी सबैले गौरवशाली जीवन, गौरवपूर्ण मृत्यु र अमर बन्ने यात्रामा लामबद्ध हुनुपर्ने धारणा राखे ।

निजी जीवनलाई त्यागेर सिङ्गो परिवारलाई नै क्रान्तिकारीकरण गर्ने नेकपाका नेता वीरजङ्गबाट सबैले पाठ सिक्नुपर्ने अन्य वक्ताहरुको भनाई थियो ।

क्रान्तिका दलाल र गद्दारहरूलाई ललकार्दै हरेक विद्रोहमा क्रान्तिकारीहरूको साथ दिने नेता वीरजङ्ग दुर्लभ त्यागी नेताहरूको कोटीमा अग्रभागमा रहेको वक्ताहरुको भनाई थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार