अहिले हामी प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्छ भन्ने लबिङमा छौं । अहिले प्रधानन्यायाधिशका बारेमा हामीले प्रश्न उठाएका छौं । अहिले भ्रष्टाचार यसरी बढ्यो कि पहिले लाखमा हुन्थ्यो, अहिले करोडमा हुन थाल्यो । करोड घटीको कुरो छैन ।

हामीले के सुनेका छौं भने हरेक कुराको नैतिकता हुन्छ । घुसै खाए पनि त्यो मुद्दा त जिताउनुप¥यो नि । पैसा खाएर मुद्दा हराएको पनि छ । डाँकाको पनि नैतिकता हुन्छ नि । भ्रष्टाचार गर्ने मानिसको पनि इथिक्स त हुन्छ नि । हामीसँग प्रमाण छ, त्यसै भनेका छैनौं । यहाँ नेपालीहरु फेरि दिने र लिने उस्तै त हुन् नि भनेजस्तो पनि गर्छन् । तर, व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाबीच फरक छ ।

मैले भन्न खोजेको न्यायालयभित्र भ्रष्टाचार यसरी बढेको छ कि तपाईहरुले अनुमान गर्न सक्नुहुन्न । मैले अघि पनि भने नि, ..खाएर पनि काम नगरेको । खाएर गरेको भए एक प्रकारको जस्टिस हो नि । पैसा फिर्ता माग्दा, अर्कोमा मिलाउँला भनेको छ ।

काठमाडौंमा जग्गा यति महंगो भयो नि, त्यो सम्पत्तिसँग सम्बन्धित मुदहरु छ । यति धेरै बार्गेनिङ गरेको छ । त्यो कस्तो छ भने बिचौलियाहरु तयार भएको छ, ऊ गएर ल यसले यति धेरै पैसा दिएको छ । उसले योभन्दा बढी पैसा दिन्छ कि दिँदैन । त्यो ठाउँमा पु¥याएको हुनाले सिनियर  न्यायाधीशलाई बाइपास गर्ने, पेसी तोक्ने कुरामै सबैभन्दा गढबढ छ ।

अझ दामोदरजी शर्माका पालामा त साप्ताहिक पेसी उहाँले त दिनदिनै निकाल्नुभयो । किनकि, कुन मुद्दालाई अगाडि पार्ने भन्ने कुरा त पहिल्यै साप्ताहिक निकालेपछि त सिद्धिन्छ । अनि शुक्रबारको बिहीबार निकाल्ने, बिहीबारको बुधबार निकाल्ने । त्यसरी गर्नुभयो । बढ्दै–बढ्दै गयो । न्याय सम्पादन गर्ने प्रधानन्यायाधीशले  नेतृत्व गर्नुभएन ।

हरिकृष्णजीको प्रतिवेदनले के भन्यो भने बिचौलियाको काम न्यायाधीशले गरेको छ । अरुले त गथ्र्यो । ड्राइभरले, श्रीमतीले गर्ने कुरा त थियो, न्यायाधीशले पनि बिचौलियाको काम गर्ने भनेपछि सिद्धियो नि कुरो !

रातोपाटी अनलाइनसँग गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार