नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनमा विप्लव नेतृत्वको नेकपालाई पनि ल्याउने प्रयास भइरहेको दावी गरेका छन् ।

चितवनमा माडीमा नेकपाको कार्यकर्ता प्रशिक्षणलाई बिहीबार संवोधन गर्न पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।

‘अहिले एमालेविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धन छ । विप्लव र वैद्यलाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ ।’

उनले  इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउने पनि दावी गरे । अध्यक्ष प्रचण्डले भने, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हावी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौं ।’

उनले आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार