बन्दुक रोज्ने कि जनमत संग्रह ?
जनताको अभिमत अपार छ
सार्वभौम छ, अकाट्य छ,
जनता जागे के हुदैन ?
के बन्दुक नभैहुदैन ?
जनता त बन्दुक हो
बारुद भरिएको
सपना भरिएको
विष्फोट हुन्छ यो
अभिमतमा चुकुल लगाए
उठ्छ ज्वालामुखीै
कम्पन हुन्छ फाट्छ पृथ्वी
फुट्छ बाँध
कहीँ कतै निकास नपाए ।
जनताको प्रजातन्त्र
जनतालाई देऊ
व्यवस्था चुन्ने अधिकार
जनताले ल्याऊ
के सधै असफल व्यवस्था मान्न कर छ ?
व्यवस्थापिका असफल
परमादेशको सरकार।
कार्यपालिका असफल
सर्वोच्चको कोटा
न्यायपालिका असफल
बारमा घम्सा घम्सी
न्यायाधिशहरुको बिचल्ली ।
प्रधान न्यायाधिसलाई अल्टिमेटम
कस्तो यो सिस्टम ?
बार हो कि बार रेस्टुरेन्ट?
न्यायको चीरहरण
वैदेशिक शरण
मक्किएको व्यवस्था छैन जनआस्था
नांगो छ सरकार छ लूटतन्त्र आधार
अब जनताले खोज्छ अधिकार
अब जनमतमा जानुपर्छ
होइन भने जनताले गोली चलाउँछ ।
जुन दलाल छन्
तर्सिन्छन् खाई पाई आएको
जान्छ भनेर
एमसीसी जान्छ भनेर
लिपुलेक,लिम्पियाधुरा र कालापानी
नेपालको हुन्छ भनेर
दलालको शक्ति त विदेशमा छ ।
चित्कार हुन्छ दलालको
खाई पाई आएको पेशा जान्छ भनेर ।
जनमत संग्रहगर्नु पर्छ
वैज्ञानिक समाजवाद कि
असफल संसदीय व्यवस्था भनेर
अवश्य आउँछ वैज्ञानिक समाजवाद
यसको विकल्प हुन्छ
फासिवाद,
परिणाममा हुन्छ
वैज्ञानिक समाजवाद
बिना बन्दुक शान्तिपूर्ण निकास
जनमतबाट खस्दैन आकाश
जनताको ब्यवस्था जनताले चुन्ने
नेकपा एउटा शक्ति हो
कसले भन्छ विजय हुदैन भनेर?
कसले भन्छ जनमत बन्दुके भनेर
बन्दुक त दलाल सरकार चलाउँछ
जनतालाई दमन गरेर ।

हेरियो ब्यक्ति चुनेर सयौं पटक
बनेन देश चल्यो छलकपट
भ्रष्टाचारी वाईडबडी ललिता निबास
जनतालाई उठी बाँस
छैन गासबास सुकुमबासीलाई गोली
भारतीय सेना घुम्छ नेपालमा
फुट्दैन सरकारको बोली
जनतन्त्र र राष्ट्रिय स्वाधिनता धरापमा
अब कि त जनमत संग्रह
कि त आन्दोलनको आँधिबेरी
अब ठगिन्न जनता घरिघरि
न्याय प्रेमी प्रजातान्त्रिक शक्ति एक होऊँ
पहिले संस्कार बदलौं सोंच बदलौं
तब मीठो बन्छ देश
लिक्यान युको पन्चवर्षीय योजना
सिंगापुर बनाए
गरे सकिन्छ सपना उठाए।
१२।७। २०७८

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार