नेपाल कम्युनिष्ट पार्टी निकट संयुक्त जनवर्गीय संगठनहरूले नेपाली सीमामा भारतीय हस्तक्षेपको विरोधमा प्रदर्शन गरेका छन् ।

भारतीय सुरक्षाकर्मीले नेपालको सुस्तामा हस्तक्षेप गरेको भन्दै मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेको हो । प्रर्दशनमा सहभागीहरुले भारतीय हस्तक्षेप मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद , जनमत संग्रहको घोषणा गर लगाएतका प्लेकार्ड सहित नारावाजी गरेका थिए ।

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाफौज (एसएसबी) तैनाथ गरिएको र उनीहरुले ड्रोन उडाउन नेपाल प्रवेश गरेको भन्दै आपत्ती जनाएका छन् ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपाकी केन्द्रीय सदस्य तथा अनेमसङ्घ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दले नेपाल सरकारले भारतीय हस्तक्षेपका विरुद्धमा नबोल्नु दलालीको पराकाष्ठ भएको बताइन् ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष चन्दले भनिन्, ‘यो दलालीकरण र दलाल सत्ता नढलेसम्म सीमाको समस्या समाधान हुँदैन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार