
पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा एकाएक कार्तिक १३ गते शनिवार हेलिकप्टरमार्फत काभ्रेको खानीखोला गाउँपालिका पुगे । कार्यक्रम थियो, नेकपा एमाले खानिखोला गाउँपालिकाको प्रथम अधिवेशन ।
खानीखोला गाउँपालिकामा जानको लागि हेलिकप्टर प्रयोग गर्नै पर्ने बाध्यता के थियो ? त्यो त उनैलाई थाहा होला ।
त्यसो बास्कोटा एक्लै भने पुगेका थिएन् । सँगै, माओवादी पृष्ठभूमिका राजकुमार श्रेष्ठ, जिल्लाका नेता धरिना ढकाल र संविधानसभा सदस्य रामहरी सुवेदीसमेत हेलिकप्टर सवार थिए ।
पूर्व माओवादी कार्यकर्ताहरुलाई यसरी हेलिकप्टर सयर गराउनु त्यो पनि नेकपा माओवादीको पकड क्षेत्र जहाँ अन्य द्वन्द्वकालिन अवस्थामा प्रशिक्षणसमेत दिने गरेको थियो । सो स्थानमा निकै खर्चिलो र तामझाम देखाए ! यसले आम कार्यकर्ताहरुमा बास्कोटा कुन बिचारधारा र कुन सोचका हुन भन्ने कुराको देशैभर चर्चा चलेको छ ।
देशैभर एमालेका नेताहरुको स्वार्थ मिल्दा जुट्ने र फुट्ने प्रकृया चलिरहेको अवस्थामा एउटा प्रतिभा जो मिसन र भिजनसहितको नेता ठानेर निरन्तर साथ दिइरहेका कार्यकर्ताहरुको बिचारमा परिवर्तन आएको कुरा उनकै कार्यकर्ताले बताए ।
व्यक्तिगत स्वार्थमा होइन सर्वहारा वर्गको साथी भन्दै भाषणबाजी गर्ने नेता यसरी आम नागरिकको पहुँचभन्दा पर उठेको देखेर आफ्नै कार्यकर्ताले समेत आलोचना गर्न थालेका छन् ।







